रूपन्देही । रूपन्देहीमा लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छ्न् ।
घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजेको थियो ।
तर, उनीहरू भाग्ने प्रयास गर्दा र नियन्त्रणमा लिन खोज्दा ढुंगा प्रहार भएपछि प्रहरीले एक राउण्ड हवाई फायरिङसहित दुई राउण्ड गोली चलाएको हो ।
घटनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विशाल यादवसहित भारतको महाराजगञ्ज जिल्ला पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुणकुमार र २० वर्षीय विनय पाण्डेय रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ, जसमा फेनरागन, डाइजेपाम र ब्रुफिनका ११००र११०० एम्पुल रहेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।
यसैबीच, गौशाला–पिंगलास्थान क्षेत्रबाट पनि लागूऔषध कारोबारको आशंकामा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend