रूपन्देही । रूपन्देहीमा लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छ्न् ।
घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजेको थियो ।
तर, उनीहरू भाग्ने प्रयास गर्दा र नियन्त्रणमा लिन खोज्दा ढुंगा प्रहार भएपछि प्रहरीले एक राउण्ड हवाई फायरिङसहित दुई राउण्ड गोली चलाएको हो ।
घटनापछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विशाल यादवसहित भारतको महाराजगञ्ज जिल्ला पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुणकुमार र २० वर्षीय विनय पाण्डेय रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ, जसमा फेनरागन, डाइजेपाम र ब्रुफिनका ११००र११०० एम्पुल रहेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।
यसैबीच, गौशाला–पिंगलास्थान क्षेत्रबाट पनि लागूऔषध कारोबारको आशंकामा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend