सञ्जय मिश्रा
रौतहट। रौतहटमा प्रहरीको सक्रियताले साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१0-)८२ को साउनदेखि गत असार मसान्तसम्म विभिन्न नाकाबाट तस्करी भई भित्रिएको ५ करोड ५९ लाख ५५ हजार २३५ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको हो ।
तस्करीमा प्रयोग भएका ५ थान स्कार्पियो, ४ पिकअप, १ ट्याक्टर, १० ई–रिक्सा, २४३ मोटरसाइकल र ३३ थान साइकल सहित २९६ वटा सवारी साधन समेत बरामद गरेको उनले जानकारी दिए ।
यही अवधिमा तस्करीमा संलग्न २२ जना विदेशी नागरिकसहित १०३ जना तस्करलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको पनि प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
साथै, फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत अदालतबाट सजाय सुनाइएपछि फरार रहेका ६४० जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरि फैसला कार्यान्वयन गरिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट ४८ लाख २९ हजार ९८४ रुपैयाँ बराबरको जरिवाना असुल र ११४ वर्ष १ महिना २० दिन कैद सजाय भुक्तानीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।
प्रहरीका अनुसार यो उपलब्धि जिल्लाको शान्ति सुरक्षा र कानुनी शासनको पक्षमा उल्लेखनीय सफलता हो ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend