गौर । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका घुमुवाको संरक्षणमा बिभिन्न ठाउँमा जुवा अखाडा संचालन हुँदैआएका छन् । घुमुवाहरुले मासिक दररेट अनुसार असुली गरी जुवातास खेल्न खेलाउन छुट दिएको आरोप छ ।
जिल्लाका एसपी सिताराम रिजाललाई समेत मासिक बुझाएर कटहरियामा जुवा अखाडा संचालन हुँदैआएका स्रोत बताउँछ । स्रोतका अनुसार नसरुद्धिन र कुशवाहाले मासिक एसपी र घुमुवाहरुको लागि छुट्टाछुट्टै दररेट बुझाएर जुवा खेलाउने गरेका छन् । एसपीको नाममा १ लाख ५० हजार मासिक रुपैयाँ जुवा खेलाउनेले घुुमुवामार्फत बुझाउने गरेको स्रोत बताउँछ । घुमुवालाई मासिक ५० हजारको दररेट बुझाइ कटहरियामा खुलेआम जुवा खेल्ने खेलाउने गरिएको छ ।
जिल्लाका एसपी रिजालले खटाएका हवल्दार ध्रुव यादवले जुवाको सेटिङ गरेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयबाट खटाइएका घुमुवा यादवले नै जुवादेखि तस्करीको सेटिङ मिलाएर मासिक रुपमा एसपी रिजाललाई हिस्सा बुझाउने गरेको स्रोतको दाबी छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रशासनका इन्स्पेक्टर खेमप्रसाद नेपालले सुुटुक्क रौतहटमा खटाएका हवल्दार यादवका कारण रौतहटमा पुनः जुवा र तस्करी निर्वाध चल्न थालेको गुनासो आएको छ ।
घुमुवाका रुपमा जिल्लामा असुलीमा बदनाम भएपछि नेत्रमणि गिरी एसपी हुँदा एक बर्षअघि हवल्दार ध्रुव यादव गणमा तानिएका थिए । तर, तिनै बदनाम घुमुवा यादवलाई प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर नेपालले डीआईजी गोविन्द थपलियालाई समेत गुमराहमा राखी रौतहटमै पठाइदिएका छन् ।
रौतहटमा सरुवा हुनासाथ जिल्लाका एसपी सिताराम रिजालले हवल्दार यादवलाई घुमुवाका रुपमा खटाएका छन् । र, यादवले जुवादेखि तस्करीको नेटवर्क चलाउन थालिसकेका छन् । एसएसपी कमल थापासँग मिलेर इन्स्पेक्टर नेपालले रौतहट, सर्लाही लगायतका जिल्लामा घुमुवा प्रहरी बसिसकेकाहरुलाई पुनः लाभ लिंदै फर्काउने अभियान सुरु गरिसकेका छन् । रौतहटमा विगतमा असुलीमा विवादमा आएका हवल्दार ध्रुव यादवबाट पनि लाभ लिएरै नेपालले फेरि फर्काएको आरोप छ ।
मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा डीआईजी गोविन्द थपलिया जनकपुरमा गएर कमाण्ड सम्हालेको केही दिनमै बाराबाट गणमा तानिएका थिए प्रहरी निरीक्षक खेमप्रसाद नेपाल । जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशकमा खटिएका इन्स्पेक्टर नेपालको टोली आर्थिक असुलीमा विवादमा परेपछि उनीसमेतका घुमुवाहरुलाई गणमा तानिएको थियो । तर, कारबाहीस्वरुप तानिएका तिनै इन्स्पेक्टर नेपाल मधेश प्रहरी कार्यालयको प्रशासनमा पुगेका छन् । र, एसएसपी कमल थापासँग मिलेर तल्लो दर्जाका प्रहरीसँग लाभ लिंदै जिल्ला जिल्लामा सरुवा गर्न तल्लीन रहेको आरोप छ । नेपालले मधेश प्रदेशका ८ वटै जिल्लाबाट तानिएका घुमुवा पुनः जिल्लामा फर्काइरहेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend