गौर । जिल्ला प्रहरी कार्यालय रौतहटले जेठ २७ गते बेलुका बौधीमाई नगरपालिका अन्तर्गत भारत–नेपाल सीमाक्षेत्रमा त्रिपालले छोपेर राखिएको ९० लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद गरेको बिज्ञप्ति जारी गर्यो । बरामद गरिएको फर्सीको(बीउ) बियाँ थिएन, तर्बुजाको बियाँ (वाटर मेलन सिड) थियो । रौतहट प्रहरीले भ्याटसहित २० लाख ६७ हजार ९ सय रुपैयाँको उक्त बीउलाई ९० लाख मूल्य पर्ने भनेर बढाइचढाइ गरेर विज्ञप्ति निकालेको थियो ।
श्री गणेश कृषि सप्लायर्स गरुडा नगरपालिका–६ ले १० हजार किलो तर्बुजाको बियाँ १८ लाख ३० हजार रुपैयाँमा आयुष स्टोरलाई किक्री गरेको बिल नै नेपालफेसले प्राप्त गरेको छ । आयुषले प्रतिकिलो १ सय ८३ रुपैयाँका दरले उक्त बियाँ खरिद गरेको देखिन्छ ।
४० किलो वजनका २५० बोरा १८ लाख ३० हजारमा खरिद गरेको बिलबिजक नै भए पनि तर्बुजाको प्रहरीले बिज्ञप्तिमा भने ९० लाख मूल्य बराबरका भनेर ‘स्टन्ट’ गरेको छ । २० लाख रुपैयाँको वाटरमेलन सीडलाई कुन आधारमा ९० लाख रुपैयाँको भनेर विज्ञप्तिमा लेख्नुभयो भन्ने पत्रकारको जवाफमा एसपी रिजालले गुगल सर्च गरी त्यही हेरेर गरेको भनी गैरजिम्मेवार जवाफ दिएका थिए ।
तेस्रो मुलुकबाट आयात भएको र भन्सार तिरेर ल्याइएको उक्त तर्बुजाको बियाँ प्रहरीले सेटिङ नमिलेपछि बरामद गरेको खुलेको छ । रौतहटका एसपी सीताराम रिजालले बरिष्ठ सई राजेन्द्र गिरीलाई घुमुवा राखी जिल्लाभर तस्करीको नेटर्वक चलाएका छन् । बौधीमाईको नेपाल–भारत सीमा नाकाबाट कारोबार गर्ने ब्यापारीहरुसँग डिल नमिलेपछि उक्त तर्बुजाको बियाँ बरामद गरेको आरोप छ ।
ब्यापारीहरुले भन्सार तिरेर ल्याएको सामान प्रहरीले बरामद गरी ब्यापारीलाई दुःख दिएको गुनासो गरेका छन् । भन्सार अधिकृतले बिलबिजक भएको सामान बरामद गर्न नमिल्ने भन्दा उल्टै एसपी रिजालले उक्त बीउ बरामद गरी स्टन्ट गरेको आरोप छ । १८ लाखको बीउलाई ९० लाखबराबरको भनेर बढाइचढाइ गरी बहादुरी देखाउन खोजेको देखिएको छ ।
बिल बिजक भएको सामान हो भनी देखाउँदा पनि प्रहरी पठाएर छापा मारी ब्यापारीलाई ब्यक्तिगत रिसईबी र प्रतिशोध साँधी आतंकिता पारेको आरोप छ । भ्रष्टाचारबिरुद्ध सून्य सहनशीलता अपनाउने सरकारको नीतिबिपरीत एसपी रिजालले घुमुवाका रुपमा बरिष्ठ सई राजेन्द्र गिरीलाई नाका नाकामा सेटिङमा पठाउने गरेका छन् । तर्बुजाको बीउ पनि ब्यापारीसँग डिल गर्दा नमिलेपछि बरामद गरिएको स्रोतको दाबी छ । माथिसम्म बुझाउनुपर्छ भन्दै घुमुवा गिरीले ब्यापारीसँग डिल गर्ने गरेको आरोप छ ।
प्रहरीले बिलबिजक भएको र भन्सार तिरेको सामान बरामद गरेपछि ब्यापारीसहित स्थानीयले प्रतिवाद गर्दा झडपसमेत भएको थियो । रौटहट जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त गौतमको टोली गोदाम छापा हान्न गएपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यसक्रममा स्थानीयले प्रहरीलाई ֙पैसा पनि खाने, छापा पनि हान्ने’ भन्दै बिरोध गरेका थिए ।
यसैबीच, मधेस प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार केही दिनअघि मधेस प्रदेशका डीआईजी गोविन्द थपलिया (हाल सरुवा) ले रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालसँग केरा तस्करीको बारेमा स्पष्टीकरण मागेका थिए
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend