Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रकम गन्दै गरेको भिडियो प्रकरणपछि रुपन्देहीका सई छानबिनका लागि हेडक्वाटर तानिए (भिडियोसहित)


    सोमबार, साउन ५ २०८२
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बुटवल । सत्य सेवा सुरक्षणम् भन्ने प्रहरीको मूल मन्त्र हो । तर पछिल्ला दिनमा कतिपय जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु नै अतिरिक्त कमाइका लागि विवादित जुनियर अधिकृतलाई सादा पोशाकमा खटाएर लाभ लिन तल्लीन हुँदा प्रहरीको छवि धुमिल हुँदै गएको छ ।

    कतिपय जिल्लाका एसपीले मातहतका थाना चौकीमा इन्चार्जका रुपमा खटाउने र लाभ लिनेतिर मात्र तल्लीन हुँदा एकपछि अर्को प्रहरी आर्थिक अनियमिततामा मुछिन थालेका छन् । कार्यालय प्रमुखले सादा पोशाकमा खटाएका अधिकांश प्रहरी आर्थिक अनियमिततामा मुछिने गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीअन्तर्गत हिरापुर ब्यारेजका इन्चार्ज (सई) बैद्यनाथ दास घुस डिल गरेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परे । दास निलम्बनमा परेको २ दिन नबित्दै रकम गन्दै गरेको भिडियो प्रहरी मुख्यालयमा पुगेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका सई प्रकाश राउतलाई  छानबिनका लागि प्रहरी प्रधान कार्यालयले बोलाएको छ ।

    रकम गन्दै गरेको भिडियो नै मुख्यालयमा पुगेकाले सई राउतलाई छानबिनका लागि तानेको छ । राउत जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोशाकमा खटिएका घुमुवा इन्चार्ज हुन्् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बरिष्ठ सई राउतलाई प्रहरी प्रधान कार्यालयले पठाइदिनू भन्ने पत्र आइतबार पठाएको बताए । उनले भने–‘प्रहरी प्रधान कार्यालयले तानेको होइन, बोलाएको हो ।’

    पैसा गन्दै गरेको भिडियोबारे उनले त्यस्तो कुरा जानकारी नभएको प्रतिक्रिया दिए । उनी सादा पोशाकमा खटाइएका हुन् भन्ने प्रश्नमा उनले भने–‘सादा पोशाकमा खटिएको टोलीका इन्चार्ज हुन् । उनलाई फरार अपराधीहरु पक्राउ गर्ने जिम्मा दिइएको थियो ।’

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी प्रदीपकुमार क्षेत्रीले बरिष्ठ सई राउतलाई सिभिलमा खटाएका थिए । सिभिलमा खटिएका राउतले रकम गन्दागन्दै गरेको भिडियो प्रकरणले एसपी क्षेत्रीसमेत विवादमा परेका छन् । घुसको रकम गनेको आशंकामा उनलाई प्रहरी प्रधान कार्यालयले छानबिनका लागि बोलाएको बताइएको छ ।

    बरिष्ठ सई राउतले पैसा साटेको भिडियो खिचेर आफ्नो बदनाम गरेको प्रतिक्रिया दिएका छन् ।

    हेर्नु्स् भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार