काठमाडौं। साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यसदिन नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको छ। यो पछिल्लो ४ महिना यताकै न्यून विन्दु हो। यसअघि गत वैशाख १९ गते नेप्से परिसूचक १८६६ विन्दुमा झरेको थियो।
यसदिन सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ३६१.३१ विन्दुमा बन्द भएको छ।
नेप्से घटेपनि यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। आज २८२ स्क्रीप्टको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँमा किनबेच भए। सोमबार १ अर्ब १७ करोडको सेयर कारोबार भएको थियो।
मंगलबार १९३ स्क्रीप्टको मूल्य घट्दा ३१ स्क्रीप्टको मात्रै बढेको हो।
नेप्से घटेको दिन सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता कमाए। यो हाइड्रोपावरको ५.८६ प्रतिशतले सेयर मूल्य बढ्यो।
बराही हाइड्रोपावरको सेयर मूल्य भने ७.६४ प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २ अर्ब ३७ लाख ८४ हजार ९९१ रुपैयाँको सेयर कारोबार भयो। नबिल बैंकको ३४ करोड,एनआईसी एसिया बैंकको ३० करोड,शिवम् सिमेन्टको २६ करोड र सिटीजन्स लाइफ इन्स्योरेन्सको २६ करोड मूल्यको सेयर कारोबार गरी शीर्ष पाँचमा पर्न सफल भए।
कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घट्यो। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको हो।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend