Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैं नजिकिएसँगै सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?


    मंगलबार, असोज २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    लगातार दुई दिनदेखि उकालो लागेको सुनको मूल्यले आजपनि निरन्तरता पाएको हो। पछिल्लो तीन दिनमा सुनको भाउ १६ सय रुपैयाँले बढ्न पुगेको छ।

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा तीन यस रुपैयाँले बढेको हो। सुनको मूल्य तीन सयले बढेर १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ।

    यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम रहेको थियो।

    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार