Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराका क्लवमा राजस्व अनुसन्धानको छापा, सेटिङ मिलेपछि छुटकारा


    सोमबार, असोज १५ २०८०
    3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • पोखरा । आर्थिक मन्दीको समयमा राजस्व अनुसन्धान बिभागले ब्यापारीहरुलाई दुःख दिएर ब्यवसायबाटै बिमुख पार्न थालेका गुनासा सार्वजनिक भइरहेका छन् । विभागले अनावश्यक रुपमा छापा हान्ने र ब्यापारीलाई आतंकित पार्ने काम गर्दा ब्यापार गरेर खानै नसक्ने अवस्थामा पुगेपछि ब्यवसायीहरु पलायन हुन थालेका छन् ।

    यसैक्रममा राजस्व अनुसन्धान विभागले खटाएको टोलीले भदौ तेस्रो साता पोखराका केही क्लव र ब्यापारिक प्रतिष्ठानमा आकस्मिक छापा हान्यो । पोखरामा रातभर प्रहरी सेटिङमा चल्दैआएका महेन्द्र भोटे भन्ने महेन्द्र गुरुङको ट्रेजर क्लव, गुप्त लामाको क्याटवाक क्लव, क्लब सिक्सटीन, किङ्स लाउन्ज क्लव, आइरिस क्लव, त्रिसरा क्लवले मूल्य अभिबृद्धि कर(भ्याट) छली गरेको सूचनाका आधारमा विभागको टोलीले छापा मारेको थियो ।

    छापा मारेर खातापाता र कम्प्युटर ल्याउनुपर्नेमा विभागबाट खटिएको टोलीले क्लवका संचालकहरुसँग मोलमोलाई गरी सेटलमेन्ट गरेर फर्किएको छ । विभागको टोलीले क्लवहरुमा छापा मारेर करोडकै दरले सेटलमेन्ट गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार क्लव संचालकहरुले करोडौं राजस्व छली गरेको भेटिएपछि बिभागमा खातापाता लगेमा झन् धेरै खर्च हुने र हल्लाखल्ला हुने भएकाले तलै सट्याकसुटुक मिलाएका थिए ।

    राजस्व अनुसन्धान विभागको टोलीले पोखराका केही ब्यापारीक फर्ममा पनि छापा मारेको थियो । ती फर्ममा पनि छापा मारी नेगोसिएसनमै कुराकानी मिलाएर टोली फर्किएको छ । राजस्व चुहावट नियन्त्रण गर्न गठित विभाग पछिल्ला दिनमा ब्यापारीलाई तर्साउने र असुल्ने निकायका रुपमा बदनाम भएको छ ।

    अध्यागमन विभागको बरिष्ठ अध्यागमन अधिकृत, बैदेशिक रोजगार विभागमा शाखा अधिकृत जस्ता मालदार कार्यालयमा हुँदा सेटिङ गर्ने र भिजिट भिसामा १ लाख रुपैयाँसम्म घुस लिएर बैदेशिक रोजगारीमा पठाउनेजस्ता कार्यमा संलग्न ढुंगानाले राजस्व अनुसन्धान विभागको डीजी भएपछि हङकङबाट ब्रेकसुको आवरणमा आएको सुन बरामद गरेका थिए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवका रुपमा कार्यरत रहेकै बेला ६ महिनाअघि नै ब्रेक सु मार्फत् सुन तस्करी भएर विमानस्थलबाट आउने गरेको सूचना पाएको बताएर उनी विवादमा समेत परिसकेका छन् । ६ महिनाअघि जानकारी भएको भए उनले किन सूचना लुकाए ? यो खोजीको बिषय बनेको छ । उनले १ सय केजी सुन बरामद भएपछि त्यसअघि पटक पटक ब्रेकसुमार्फत् सुन ल्याउने कम्पनीको गोदाम नयाँबजारमा किन १ सातापछि मात्र छापा हाने ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार