काठमाडौं । राजस्व अनुसन्धान बिभागका तत्कालीन महानिर्देशक दीर्घराज मैनालीले नक्कली भ्याटबिल बनाएर अरबौंको राजस्व अपचलन गर्ने अपराधिक गिरोहको पर्दाफास गरेपछि चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्ने र सोही सामान भारतमा बेचेको कीर्ते कागज बनाएर एक समूहले अरबौं रुपैयाँ मूल्य अभिबृद्धि कर(भ्याट) रिफन्ड लिने गरेको खुलेको छ ।
चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्दै सोही सामान भारतमा बेचेको कागज वनाएर ‘भ्याट रिफण्ड’ गर्ने गिरोहको पहुँच बालुवाटारसम्म रहेको स्रोत बताउँछ । चीनबाट सिल्क पश्मिना धागो ल्याएर नेपालमा बिक्री गर्ने अनि सोही कागजको आधारमा नेपालको रिलाइन्स कम्पनीको नाइलन धागोको प्रयोग गरेर नयाँ सामान उत्पादन गरेर भारत बेचेर ‘भ्याट रिफण्ड’ गर्ने काममा पशुपति ओभरसिज टेड्रर्स लागेको तत्य बाहिर आएको छ ।
त्यसका लागि आन्तरिक राजस्व विभाग अन्तर्गत करदाता कार्यालयका केही कर्मचारीले सहयोग गरिरहेका छन् । काठमाडौंको क्षेत्रपाटी नजिक ढल्कोमा कार्यालय रहेको पशुपति ओभरसिज टेड्रर्सका सञ्चालकक मुकेश अग्रवाल र रतन अग्रवाल यो काममा क्रियाशील रहेका छन् ।
चीनवाट ल्याइएको धागोको सामान नेपालमै बिक्री गरेपछि आयातको काम सकिन्छ । तर, सोही बीलबिजकलाई प्रयोग गरेर नेपालमा उत्पादन गरेको सामान भारत लगेर भ्याटको रकम रिफण्ड लिँदा करोडौं राजस्व नेपाल सरकारलाई घाटा परेको छ । तर, यसबारेमा कसैले चासो राखेको छैन । कर कार्यालयका कर्मचारीकै मिलेमतोमा भइरहेको यो कामबारे पटक पटक उजुरी परे पनि सुनुवाइ नभएको एक व्यवसायीले बताए । यो काममा प्रधानमन्त्री पुत्री गंगा दाहालकै नाम बेचेर पशुपति ट्रेडर्सका अग्रवालले करोडौं कमाइरहेका छन् ।
दश बर्षअघि मात्र भारतबाट काठमाडौं छिरेका यी अग्रवाल बन्धुले अहिले नेपाली नागरिकता प्रयोग गर्दै काठमाडौंको क्षेत्रपाटी ढल्को आसपासमा अरबौंको सम्पत्ति जोडिसकेका छन् । ढल्को आसपासमा चार वटा घर निर्माण गरेका यी अग्रवालहरु जो शक्तिमा आए पनि पैसा बुझाएर बार्षिक अरबौं भ्याट रिफन्ड गरी नेपालको अर्थतन्त्रलाई नै खोक्रो बनाउन तल्लीन छन् । पछिल्लो समय प्रधानमन्त्री पुत्री गंगा दाहाललाई प्रभावमा पारेर यो समूहले तस्करी गरिरहेको निकटस्थहरु बताउँछन् । नेपालमा पैसा भएपछि जे पनि गर्न सकिने भन्दै उनीहरु कुकर्म गरिरहेका छन् । त्यसो त नेपालमा हुण्डीको कारोवार गर्नेमा पनि यी अग्रवालहरुको नाममा आउँछ ।
चीनवाट ल्याएको धागोले नेपालको अर्कै कारखानामा सामान उत्पादन गर्ने अनि त्यही सामान भारत निर्यात गरेको भन्दै भ्याट रिफण्ड गर्ने यी अग्रवालको समूहमा तीन जना रहेका छन् । नेपालको नियम अनुसार चीनको कच्चापदार्थ ल्याएर नेपालमा ‘फिनिसिङ’ गरेर भारत अथवा अर्को देशमा निर्यात गर्दा भ्याट सहुलियत हुन्छ । तर, अर्कै कच्चा पदार्थ प्रयोग गरेर नेपालमा निर्माण भएको सामान भारत लैजाँदा भ्याट रिफण्ड हुँदैन तर, पशुपति ओभरसिज ट्रेडर्सले भने सरकारी कर्मचारीको सहयोगमा यो काम गरिरहेको छ ।
आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयकै कर्मचारीको मिलेमतोमा पशुपति ओभरसिज ट्रेडर्सले अरबौं भ्याट रिफन्ड लिइसकेको छ । पशुपति ट्रेडर्सका मुकेश अग्रवाल दाजुभाइको यस्तो धन्दालाई बालुवाटारकै संरक्षण भएकाले राजस्व अनुसन्धान विभागले समेत संरक्षण गर्दैआएको छ ।
कीर्ते कागज बनाएर भ्याट रिफन्ड लिने पशुपति ट्रेडर्सका मुकेश अग्रवाललाई संरक्षण गरेको आरोपका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की प्रमुख स्वकीय सचिव गंगा दाहालसँग प्रतिक्रियाका लागि मंगलबार बिहान पटक पटक प्रयास गर्दा पनि फोन रिसिभ भएन ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा बिक्री गर्ने र सोही सामान भारतमा बिक्री गरेको देखाएर भ्याट फिर्ता लिन सहज नभएको बताए । उनले भने–भन्सारबाट निकासी भएको प्रमाण चाहिन्छ । कीर्ते कागजात बनाएर भ्याट रिफन्ड लिएको प्रमाण पाइएमा छानबिन हुन्छ । दोषी भए कानुन बमोजिम कारबाही हुन्छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend