काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा गएको चैत ४ गते बरामद अबैध २५ करोड रकम बराबरको डलर र युरोका मालिकको पहिचान भएको छ । बुधबार राजस्व अनुसन्धान बिभागले गरेको पत्रकार सम्मेलनमा उक्त रकम नारायण पौडेलको मात्र भएको जानकारी दिएको थियो । तर २५ करोडका मालिक नारायण पौडेल, उनका भाइ बच्चु पौडेल र राजकुमार पौडेल तीनै भाइको भएको स्रोत बताउँछ ।
यी तीनै भाइ नेपालबाट रक्तचन्दन चीन लानेदेखि भेप र अबैध सुन नेपालमा भित्र्याउने नाइके नै मानिन्छन् । अबैध हुन्डी कारोबारमा पनि उनीहरु लामो समयदेखि संलग्न रहँदैआएका छन् । हुन्डीमार्फत् मात्र होइन, उच्च प्रहरी नेतृत्वसम्म सेटिङ गरी ट्रकमै रकम चीनमा लाने गरेका उनीहरुको ट्रक संयोगले चैत ४ गते बरामद भएको स्रोत बताउँछ । नियमित तिनै चालकमार्फत् पैसा ट्रकमा पठाउँदैआएका पौडेल बन्धुको पैसा सेटिङ नभएको प्रहरी युनिटमा सूचना लिक हुँदा बरामद भएको बताइन्छ ।
०६० को दशकमा रक्तचन्दन तस्करीबाट अथाह कमाएका तीनै दाजुभाइले संयुक्तरुपमा नै कारोबार गर्दैआएका छन् । चैत ४ गते पनि पौडेल दाजुभाइले कुसाङ लामालाई उक्त रकम चीन पठाउन लाग्दा टोखामा प्रहरीले बरामद गरेको थियो । तीनै भाइ २५ करोडका मालिक भए पनि राजस्वले नारायण पौडेलको नाममात्र लिएको छ ।
रक्तचन्दन, सुनदेखि सबै खालका तस्करी गर्ने पौडेल केही बर्षअघि काठमाडौंको एक जुवाखालबाट पक्राउ परेका थिए । प्रहरी बृत्त महाराजगञ्जले पौडेलसहित ५ जना जुवाडेलाई २०८० असारमा ग्रिनल्याण्ड स्कुल नजिक एक घरबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
जुवाखालमा पनि भेटिने पौडेल हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा पक्राउ परी जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् । उनी त्यतिबेला अदालतमा ठूलो सेटिङ मिलाएर छुटेको उनकै समकक्षीहरु बताउँछन् ।
२५ करोड अवैध रकम बरामद भएदेखि नै फरार थिए । प्रहरीका उच्चतहसम्म पहुँच भएका पौडेललाई उन्मुक्ति दिएर चाकललाई मात्र दोषी देखाउन खोजिएको थियो । तर काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद २५ करोड रुपैयाँ राजस्व अनुसन्धान बिभागमा बुझाएपछि प्रहरीको उच्च नेतृत्वलाई मन परेको थिएन ।
राजस्वले अनुसन्धान गरेपछि २५ करोड काण्डमा पक्राउ पर्ने निश्चित भएपछि नारायण भागेर दुबई पुगिसकेका छन् । राजस्व अनुसन्धान बिभागले अझ गहन छानबिन गर्ने हो भने बच्चु पौडेल र राजकुमार पौडेलको संलग्नता भेटिने स्रोत बताउँछ । २५ करोड नारायणकै भएको प्रहरीलाई सूचना तत्कालै भए पनि उच्चतहकै कनेक्सन भएकाले उनी दुबई भाग्न सफल भएको स्रोतको दाबी छ ।
उच्च राजनीतिक दबाब दिएर प्रहरीमा मिलाउन खोजेका पौडेलले राजस्वमा समेत निकै कोसिस गरेका थिए । तर राजस्व अनुसन्धान बिभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले कसैको दबाब पनि नसुनी अनुसन्धान गरी उनको नाम सार्वजनिक गरिदिएका छन् । राजस्वले २५ करोडका मालिक पौडेल भएको जानकारी दिएको छ । तर उनका दुई भाइ बच्चु र राजकुमारसमेत हुन् भन्ने तथ्यमा भने राजस्व तथ्यमा पुग्न नसकेको हो कि भन्ने बुझाइ तातोपानीका ब्यापारीहरुमा छ । नारायण, बच्चु र राजकुमार पौडेलले संयुक्त रुपमा चीनमा ट्रकमा पैसा लाने र उताबाट तस्करी गर्ने गरेका छन् ।
नारायणका भाइ राजकुमार पौडेल भोटेकोशी गाउँपालिकाको अध्यक्ष भएकै समयमा पनि सुन तस्करीमा फरार भएका थिए । केरुङबाट पेम्बादोर्जे शेर्पाले कन्टेनरमा लुकाएर ल्याएको २२ किलो सुन प्रहरीले काठमाडौंमा बरामद गरेपछि उक्त सुन राजकुमारको भएको खुलास भएको थियो । प्रहरीले २०७४ कात्तिकमा मुद्दा दायर गरेपछि उनी फरार भएर केही महिनापछि मात्र आएका थिए ।
२२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नारायण पौडेलका जेठा दाजु ध्रुव पौडेल २०५४ मा फुल्पिङकट्टी गा.वि.स. अध्यक्ष भएका थिए । माइला नारायण हुन् । साइँला बच्चु पौडेल हुन् । कान्छा २०७४ मा भोटेकोशी गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्ष भएका थिए । नारायण पनि माओवादीनिकट हुन् ।
अरबौं हुन्डी कारोबार, प्रहरी रमिते
प्रहरीले अबैध हुन्डी कारोबारमा संलग्न साना माछालाई समात्ने गरेको छ । तर नारायण, बच्चु र राजकुमार पौडेल जस्ता ह्वेल माछालाई भने छुन समेत सकेको छैन । काठमाडौंको न्यूरोडमा जयरत्न बचत तथा ऋण सहकारी संस्थामार्फत् बच्चु, नारायण र राजकुमार पौडेलले हुन्डीको कारोबार गर्दैआएका छन् । प्रहरी उक्त सहकारीबाट हुने हुन्डी कारोबारबारे जानकार छ । तर उच्चतह प्रहरीको संरक्षण भएकोले तलका प्रहरीले आँखा चिम्लँदैआएका छन् ।
बच्चु पौडेलका दाजुभाइ नै हुन्डी कारोबारमा संलग्न रहेका छन् । यी पौडेल दाजुभाइको पहिचान भनेको अवैध कारोबारीकै रुपमा हुँदै आएको छ । उनीहरू हुन्डी, सुन र डलरको कारोबारबाट रातारात अरबपति भएका भनेर सिन्धुपाल्चोकमा चिनिन्छन् । स्रोतका अनुसार, नारायण पौडेल केही बर्षअघि हङकङबाट ऊन आयात गर्ने भनेर एलसी खोल्ने गर्थे । डलर हङकङ पठाउने र उताबाट ऊन ल्याउँदैनथे । तर भन्सारबाट ऊन आयात भएको देखाउँथे । ऊन ल्याएको कीर्ते कागज र नक्कली सरकारी छाप सहितको कागजात अपडेट गर्ने माष्टरमाइन्डको काम दाजु धु्रव पौडेलका छोरा सुमन पौडेलले गर्ने गरेका थिए ।
प्रहरीको उच्चतहलाई मासिक दररेट घुस बुझाएर पौडेलबन्धुले हुन्डीदेखि रक्तचन्दन, सुन कारोबार गर्दैआएका छन् । सोलुखुम्बु र पर्साका सोझासिधा नागरिकको नाममा कम्पनी खोलेर ऊन आयात गर्ने भनी आयात नै नगरी एलसी खोलेर पौडेलहरुले करोडौं डलर अपचलन गरेका थिए । इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डेसँग मिलेर उनले नक्कली एलसी खोलेका थिए ।
ऊन आयातको एलसी तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट लगातार खोल्ने र ऊन भने आयात नै नहुने गरेको पाइएपछि पौडेललाई २०५९ मा राजस्व अनुसन्धान विभागले पक्राउ गरी मुद्दा चलाएको थियो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend