Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २३ क्वीन्टल सुन तस्करी प्रकरण, राकेश अडुकियामाथि अनुसन्धान सोझियो


    मंगलबार, साउन ९ २०८०
    5.2K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । साउन २ गते बरामद भएको १  क्वीन्टल सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान बिभागले गरिरहेको छ । हङकङको हवाई रुट प्रयोग गरी चालीस दिनभित्र २२ क्वीन्टल सुन तस्करीको माध्यमबाट नेपालको विमानस्थल हुँदै भारत पुगिसकेको तथ्य सार्वजनिक भएको छ । २३ औं पटकमा अदृश्य शक्तिको सूचनाका आधारमा साउन २ गते एक सय किलो अर्थात् १ क्वीन्टल तस्करीको सुन बरामद भए पनि सुन कसको हो भन्ने पत्तो लाग्न सकेको छैन ।

    २३ क्वीन्टल सुनका लगानीकर्ता, नेपालमा भित्र्याउने र भारत पुर्याउन को को संलग्न छन्, पत्ता लागिसकेको छैन । राजस्व अनुसन्धान विभागको अनु्सन्धान रेडी ट्रेडका डमी संचालक दिलिप भुजेल र उनका मामा रामकुमार भुजेलमा मात्र केन्द्रित भएको जस्तो देखिएको छ । यो काण्डमा सबैभन्दा पहिला रेडी ट्रेड सञ्चालन गर्ने दिलिप पक्राउ परेका थिए । दिलीप सामान्य मजदुर भएको र उनका मामा रामकुमार सवारी चालक रहेको खुलेको छ ।

    सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले केही कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पनि पक्राउ गरेको छ । सुन तस्करका बारेमा मिडियामा अनुमानका आधारमा बिभिन्न समूह र ब्यक्तिको नाम आइरहेको छ । सुन तस्करीमा संलग्न को हुन् भन्नेबारेमा अहिलेसम्म अनुमानका आधारमा मात्र समाचारहरु आइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार ब्रेक सू को प्रज्ञापनपत्रमा २२ क्वीन्टल सुुन तस्करी गर्ने समूहको बारेमा राजस्व अनुसन्धान विभाग निकै नजिक पुगिसकेको छ ।

    नेपालको सेयरबजारमा चलखेल गर्दैआएका राकेश अडुकिया नै २३ क्वीन्टल सुन तस्करीमा संलग्न मुख्य पात्र रहेको स्रोत बताउँछ । साउन २ गते सुन बरामद भइसकेपछि भएको अनुसन्धानमा राकेश अडुकिया र उनका छोरा रोहन अडुकियाको बारेमा राजस्वले गहन छानबिन गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा राकेश अडुकिया नै २३ क्वीन्टल सुन तस्करीका मुख्य पात्र रहेको देखिएको स्र्रोत बताउँछ । राजस्वले अडुकियाको ट्राभल हिष्ट्री हेर्दा पनि उनी पटक पटक हङकङ गएको पाएको छ । अडुकिया राजस्व अनुसन्धानको निगरानीमा परिसकेका छन् ।

    राजस्व अनुसन्धान विभागकोको निगरानीमा परिसकेपछि राकेश अडुकियाका छोरा रोहन अडुकिया भागेर नयाँदिल्लीमा पुगिसकेका छन् । राकेश अडुकिया हङकङ भाग्ने तयारीमा छन् ।
    २३ क्वीन्टल सुन तस्करीका मुख्य पात्रको रुपमा आशंका गरिएका राकेश अडुकियाले यसअघिको सुनकाण्डमा जस्तै अहिले पनि भरियालाई मात्र फसाएर आफू उम्किनका लागि विभिन्न शक्तिकेन्द्रमा प्रभावित पार्ने कोसिस गरे पनि पार नलाग्ने भएपछि हङकङ नै भाग्ने सुरमा छन् । उनले विभिन्न शक्तिकेन्द्रमा पुगेर घटनालाई सामसुम पार्र्न खोजेको स्र्रोतले बतायो । अडुकिया विगत १२ वर्षदेखि स्थलमार्ग हुँदै नेपालमा चाँदीको भन्सार तिरेर अवैध रूपमा सुन ल्याएर बेचविखन गर्ने भनेर चिनिन्छन् । स्रोतका अनुसार सुन तस्करीमा मुछिएका राकेश अडुकियाका छोरा रोहन नेपाल वायुसेवा निगमकै विमानबाट हङकङ पुगिसकेका छन् ।

    हङकङबाट ब्रेक सू आयात नै शंकास्पद, विमानस्थतलका भन्सारदेखि प्रहरीकै मिलमेतो

    हङकङबाट मोटरसाइकलमा प्रयोग हुने ब्रेक सु हवाईजहाजबाट ल्याउँदा नाफा हुँदै नहुने ब्यापारीहरुको भनाइ छ । मोटरसाइकलका पार्टपूर्जा सधैं स्थलमार्गबाटै आउने गर्दछ । यसअघि त्यस्तो पार्टस हवाईमार्गबाट आउँदै नआएको अवस्थामा नाफा नै नहुने मोटरसाइकलको ब्रेक सू २२ पटक विमानस्थलबाट कसरी आयो ? किन ल्याइयो ? नेपालमा चल्ने मोटरसाइकल भारतमा बनेका छन्, भारतमा निर्मित मोटरसाइकलका लागि हङकङबाट ब्रेक सू जडान गर्न मिल्दैन भन्ने सामान्य ज्ञान सबैलाई छ ।

    अरब देशमा रोजगारीबाट फर्किएका नेपालीले ड्युटी फ्रीको २ बोतल मदिरा र एउटा मोवाइल खोतलखातल पार्ने र जफत गर्ने भन्सारका कर्मचारीले हङकङबाट विमानमा ब्रेक सू किन ल्याइँदैछ भनेर नजानेको, एक्सरेले स्क्यान नगरेको भन्ने कुरामा विश्वास नै गर्न सकिन्न । भन्सारका कर्मचारीहरुले शंक विमानस्थल भन्सारका कर्मचारीहरुको सेटिङमै ब्रेक सूका नाममा सुन आएको जगजाहेर बिषय हो ।  भन्सारपछि प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली पनि विमानस्थलमा तैनाथ छ । २२ पटक ब्रेक सू भनेर सुन भित्र्याउँदा उनीहरुले किन बरामद गरेनन् ? खुरुखुरु छाडे ?

    जानकारहरुका अनुसार सुन तस्करीमा ३ लियर हुन्छ । सुन खरिदका लागि लगानी गर्ने लगानीकर्ताको टीम । दोस्रो, नेपालमा कम्पनी दर्ता गर्ने, सुन छुटाउने, नेपालमा भन्सारदेखि सबैतिर सेटिङ गर्ने । तेस्रो, नेपालको विमानस्थलबाट ल्याएको सुन भारतमा लगी बिक्री गर्ने । त्यही टिम जसले भारतमा बिक्री गरिसकेपछि पैसा पठाउने गर्दछ । यसरी ३ लियरको टीमले भारतमा सुन बिक्री गरी पैसा पठाउने गरेर २२ क्वीन्टलसम्म पार गराउन सफल भए । २३ औं पटकमा बरामद भयो ।

    एयरपोर्ट भन्सारमै कार्यरत रहिसकेका एक भन्सारका अधिकृतका अनुसार विमानस्थल भन्सारको एक्सरेले ब्रेक सू देखि सबै किसिमका पार्टपूर्जा वा जसरी ल्याए पनि स्क्यान गर्छ, सुन पत्ता लाउँछ । एयरपोर्ट भन्सारको एक्सरेमा अहिले पनि पोलिस गरेको ब्रेक सु स्क्यान गरेर हेरे पनि हुन्छ ।

    को हुन् राकेश अडुकिया ?

    गोर्खा विकास बैंकमार्फत् सर्वसाधारणको करौडौं निक्षेप डुबाउने मुख्य पात्र हुन् राकेश अडुकिया । गोर्खा बैंक डुबाएका अडुकियाले वेल्थ एक्सचेन्ज नामक कमोडिटी मार्केटिङ कम्पनी खोली अर्को ठगी धन्दा पनि गर्दैआएका छन् । उनले सेयरबजारमा समेत चलखेल गर्ने गरेका छन् ।

    उनले े वेल्थ एक्सचेन्ज सुन र चाँदीको कारोबार गर्ने गरेका थिए । उनले डलर भाउ अनुसार नेपाली मुद्रा रूपान्तरण गर्ने गरेको भए पनि प्रत्येक दिनको अन्तर्राष्ट्रिय दरमा नभई आफूखुसी मूल्य राख्ने गरेका छन् । त्यसरी बिनाआधार मूल्य राख्दा लगानीकर्तालाई लाखौं रुपियाँ नोक्सान हुने गरेको छ ।

    करोडांैको जग्गा काण्ड घटाई गोर्खा बैंक डुबाउन प्रमुख भूमिका निर्वाह गरेका उनी आफू नदेखिएरै आर्थिक अपराधमा संलग्न हुने गर्छन् । गोर्खा बैंकमा उनी कुनै पदमा नभए पनि कसलाई सञ्चालक बनाउने भन्नेसम्मको हैसियत राख्थे ।

    सो काण्डपछि केही महिना लुकेर बसेका उनी पुनरावेदन अदालतको अन्तरिम आदेशपछि धरौटीमा छुटे पनि बैंकिङ कसुर मुद्दा जारी छ । सेयर अन्य बैंकमा धितो राखेर ऋण लिएकोमा केही बैंकलाई ब्याजसमेत नतिरेपछि एनआईसी र प्राइमले उनको धितो लिलाम गरेको थियो । सो बैंकको समस्या लामो समयसम्म नसुल्झिनुमा उनकै मुख्य हात रहेको थियो । निर्मल गुरुङ, डीबी बम्जन र अडुकि

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार