काठमाडौं। दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिएको दुध बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताएका छन्।
ऋण लिएर केही रकम भुक्तानी दिने गरिए पनि सबै रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको तर्क डेरी उद्योगीको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको रकम भुक्तानी गर्न डेरी उद्योगीलाई दैनिक ताकिता गरिरहेको छ। बोर्डले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई पत्र पठाएर किसानको बक्यौता रकम समयमा भुक्तानी दिन आग्रह गरेको छ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले किसानले समयमा भुक्तानी नपाएका कारण मर्कामा परेको बताए। डेरी उद्योगीले रकम भुक्तानी नदिनुका साथै किसानसँग पर्याप्त दुध पनि खरिद गर्ने गरेका छैनन्। असारदेखि हालसम्म किसानलाई ५२ करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको र ६५ करोड रुपियाँभन्दा बढीको दुग्धजन्य पदार्थ भण्डारमा थन्किएको बताउँदै उनले दसैँतिहारमा हुने आम्दानीबाट भुक्तानी गर्ने सोच बनाइएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend