काठमाडौं । सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रव्रिmया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा हालै सम्पन्न वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी आधार तयार गर्ने निर्णय गरेको हो ।
समितिले नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐनहरू संशोधनको प्रव्रिmयालाई शीघ्रता दिने निर्णय पनि गरेको छ । त्यस्तै वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रव्रिmया तत्काल अगाडि बढाउने समितिको निर्णय छ ।
वित्तीय क्षेत्र, पुँजी बजार र बिमा क्षेत्रको गतिविधि एवं नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने समितिले निर्णय गरेको छ। नियामक निकायको क्षमता अभिवृद्धि गर्ने कार्यलाई सम्बन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउनुपर्ने समितिको निर्देशन छ ।
सहुलियतपूर्ण कर्जा कार्यव्रmमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदनसमेतलाई मानेर पुनरवलोकन गर्ने निर्णय पनि समितिले गरेको छ । बैठकले विपे्रषणलाई औपचारिक माध्यमबाट भिœयाउन प्रोत्साहनमूलक कार्यव्रmम सञ्चालन गर्ने, रेमिट्यान्स बन्ड जारी गर्न कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।
उत्पादनशील क्षेत्रमा वित्तीय साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने र लघुवित्त संस्थाबाट भइरहेको कर्जा व्यवस्थापन सम्बन्धमा प्रभावकारी नियमन गर्ने बैठकको निर्णय छ । यी सबै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई दुई साताभित्र कार्ययोजना पेस गर्न पनि समितिले निर्देशन दिएको छ । यो समाचार गोरखात्र दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend