Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित वीरगन्जबाट एक युवक पक्राउ


    बिहिबार, असोज ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा। लागूऔषधसहित वीरगन्जमा एक युवक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का ३४ वर्षीय अजित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    बुधबार साँझ ५ बजे भारतको रक्सौलबाट प्र २–०२–००४ प ७४९५ नम्बरको स्कुटरमा वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डबाट तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १ सय एमएलको ओनरेक्स ६९ वटा बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    स्कुटर र लागूऔषधसहित उनलाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले बतायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार