काठमाडौँ । सुर्खेत र झापाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो । सुर्खेतको भेरीगंगा नगरपालिका–५ बाट जुम्ला चन्दननाथ नगरपालिका–५ बस्ने २८ वर्षीय युवराज पक्राउ परेका छन् ।
अधिकारीका साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने ११ ग्राम ७ सय ७० मिलिग्रामसहित पदार्थ बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरोले जनाएको छ । प्रहरी टोलीले क.प्र.०२००१ ख ०१०२ नम्बरको गाडीमा जाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ गरिएको बताएको छ ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट सोही नगरपालिका– ६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेल पक्राउ परेका छन् । उनलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम १३ मिलिग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले मे ६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त पदार्थसहित पक्राउ गरिएको जनाएको छ ।
उक्त दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend