Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कोशी सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश


    बिहिबार, भाद्र ७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।

    कोशी सरकारको विषयको छिटोछरितो निरूपण गर्नुपर्ने भएकाले पूर्ण सुनुवाइका लागि १५ गते अग्राधिकार दिएर पेशी तोक्न सर्वोच्चको आदेशमा उल्लेख छ ।

    सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै मुख्यमन्त्री उद्धव थापालाई सभाको अध्यक्षता गरेका व्यक्तिले मत दिएपछि एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापाको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार