Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सेयर बजार ३१ अंकले घट्यो, कारोबार डेढ अर्बमा खुम्चियो


    बिहिबार, भाद्र ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

    बिहीबार नेप्से ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा छ भने सेन्सेटिभ परिसूचक ४.७२ अंकले घटेर ३८५.५६ विन्दुमा झरेको छ।

    कारोबार उपसूचक समूहहरू सबै राताम्मे भएका छन्। सबैभन्दा बढी फाइनान्स समूह २.९२ प्रतिशतले घट्यो। बजार घट्दा कारोबार रकममा समे कमी आयो।

    यसदिन २७५ कम्पनीका ४६ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाखको कारोबार भयो।

    कारोबारमा सबैभन्दा बढी होटल सोल्टी र दोस्रो स्थानमा घोराही सिमेन्ट छन्। यी दुवैले क्रमशः ७ करोड ८७ लाख र ६ करोड ९४ लाखको कारोबार गरे।

    कुथेली बुखारी लघु जलविद्युत्को शेयरमा बिहीबार सर्किट लाग्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार