काठमाडौं। आज साता दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५० अंकले घटेर ३८२.६२ विन्दुमा अडिएको छ।
आज २७२ कम्पनीको ४१ हजार ६३ हजार ८७२ कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाख १ हजार ६०१ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक दोहोरो अंकले घटेपनि दुईवटा कम्पनीको मूल्य भने सकारात्मक सर्किट लागेको छ।
लक्ष्मी लघुवित्त वित्तीय र कुथेली बुखारी स्माइल हाइडोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। सेयर कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो।
सो कम्पनीको ८ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यसैगरी आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख र सोल्टी होटलको ५ करोड ७८ करोडको सेयर कारोबार भयो।
कारोबार आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend