Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने प्रधानमन्त्रीको दाबी


    शुक्रबार, भाद्र १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने दाबी गरेका छन् । आज नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

    उनले आफू नेतृत्वको सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णय गरिरहेको जिकिर गरे । उनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपश्चात् आफू नेतृत्वको सरकारले संकल्प, इमानदारिता र मेहेनतका कारणले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले वर्षात्को समयमा पनि व्यहोरिरहेको लोडसेडिङ्को कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए ।’

    उनले प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार