Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शिखर सम्मेलनका विषयमा प्रधानमन्त्री र मुख्यमन्त्री चौधरीबीच छलफल


    बुधबार, फाल्गुन ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच काठमाडौंमा भेटवार्ता भएको हो ।

    भेटमा प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने र लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको बताइएको छ।

    ‘प्रधानमन्त्री ज्युसंग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु । सो अबसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राज्धानी क्षेत्रमा आउने विषयमा समेत छल्फल भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार