Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार घट्यो, कारोबार रकम कति ?


    सोमबार, साउन २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार तुलनात्मक रुपमा सुस्त देखिएको छ । नेप्से सूचक सामान्य रहँदा कारोबार रकम पनि औसतमा मात्र रहेको छ । यस दिन नेप्से सूचक ३.६१ विन्दुले घटेर २०७७.२४ अंकमा अडिएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

    यसअघि ३ दिन लगातार बजार बढेको थियो । तर सोमबार भने बजार सुस्त देखियो । बजार प्रत्येक दिन एउटै गति र प्रवृत्तिमा चल्दैन । घट्ने वा बढ्ने सेयर बजारको सामान्य नियम हो । सूचकका साथमा कारोबार रकम पनि प्रत्येक दिन तलमाथि भइरहन्छ ।

    यस दिन २७९ कम्पनीको ५४ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ११ करोड २४ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र घोराही सिमेन्ट कम्पनी परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार