काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतलाई सरकारमा प्रवेशसँगै माओवादीमा उनीसहितकालाई हटाएर मन्त्री हेरफेर गर्न लाग्दा किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु । मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो शर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’
यसअघि पर्यटनमन्त्री किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एक जनालाई हटाउने भनिएकोमा दुवै मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नदेखिएछि माओवादी नेतृत्वले उनीहरूलाई फिर्ता बोलाउने भएको छ । माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बताइएको छ । असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भइसकेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend