Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री किराती भन्छन्- ग्राउन्ड ह्याण्डलिङको मुद्दामा राष्ट्रिय सहमति चाहिन्छ


    आइतबार, पुष १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले नागरिक उड्ययन प्राधिकरणले चाहँदैमा ग्राउन्ड ह्याण्डलिङको सुविधा नेपाल वायु सेवा निगमसँग खोस्न नसक्ने दाबी गरेका छन् । राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमले शुरुदेखि नै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को भूमि व्यवस्था (ग्राउन्ड ह्याण्डलिङ) को सुविधा उपभोग गर्दै आएकोमा अहिले अकस्मात रोक्न नसकिने मन्त्री किरातीले बताए ।

    ‘ग्राउन्ड ह्याण्डलिङको विषय नागरिक उड्ययन प्राधिकरणको मात्र होइन । वायु सेवा निगमको पनि होइन’ मन्त्री किरातीले भने, ‘यो मुद्दा मन्त्रालयले मात्र गरेर पनि हुँदैन । यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ ग्राउन्ड ह्याण्डलिङको मुुद्दामा नेपाल नागरिक उड्यान प्राधिकरण र वायु सेवा निगमबीचको टकराबले नखोसिने पनि उनले स्पष्ट पारे ।

    ‘प्राधिकरणले चाह्यो अब ग्राउन्ड ह्याण्डलिङको अधिकार खोसिन्छ होइन । अहिले तत्काल कुनै पनि हालतमा वायु सेवा निगमसँग ग्राउन्ड ह्याण्डलिङको सुविधा खोसिँदैन ।’ मन्त्री किराती आफै नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका (बोर्ड) अध्यक्ष हुन् ।

    प्राधिकरणले सफलतापूर्वक २४ वर्ष पुरा गरी २५ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आइतवार आयोजित कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ऐन बमोजिम नै टीआईएको ग्राउन्ड ह्याण्डलिङको ठेक्का प्रतिस्पर्धात्मक प्रणालीमा लैजान खोजेको बताए । यो घटनामा नेपाल वायु सेवा निगमलाई ग्राउन्ड ह्याण्डलिङको सुविधाबाट बञ्चित गर्न खोजिएको नभएर प्राधिकरणले निगमलाई पनि प्रतिस्पर्धामा जान प्रेरित गर्न खोजेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार