Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन: मन्त्री बस्नेत


    शुक्रबार, साउन २६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन् । आज मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन् ।

    उनले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताए ।

    उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार