काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा तत्कालीन संचार मन्त्री मोहनबहादुर बस्नेतलाई बिशेष अदालतले सफाइ दिएको छ ।
बस्नेतसहित १३ जनालाई बिशेषले सफाइ दिएको छ । तीन जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतले तत्कालीन अध्यक्ष दिगम्बर झा, बोर्ड सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार सुनाएको फैसलाअनुसार तत्कालीन अध्यक्ष झालाई एक बर्ष कैद तथा तत्कालीन सदस्यद्वय ज्ञवाली र उप्रेतीलाई जनही ६ महिना कैद सजाय सुनाएको छ । तीनै जनालाई जनही ५० हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।
अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अन्तर्गत उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । साथै, तत्कालीन अध्यक्षको हैसियतमा जिम्मेवारी सम्हालेका कारण झामाथि ऐनको दफा २४ समेत आकर्षित हुने भन्दै थप ६ महिना कैद सजाय सुनाइएको हो । यससँगै झाको कुल कैद सजाय एक वर्ष पुगेको छ ।
अदालतले टेरामक्स खरिदमा सम्झौता रकम ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भए पनि वास्तविक रूपमा १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ मात्रै भुक्तानी भएको उल्लेख गरेको छ ।
फैसलामा २०७८ वैशाख १४ गते सर्वोच्च अदालतको आदेशका कारण Vanrise Solutions SAL कम्पनीसँग सम्झौता गर्नुबाहेक अर्को विकल्प नरहेको, आपूर्ति भएका उपकरण तथा प्रणाली सम्झौताअनुसारकै र प्रभावकारी रहेको भन्ने प्रतिवेदनसमेत पेश भएकाले भुक्तानी भएको रकमलाई नै भ्रष्टाचारको विगो (हानीनोक्सानी) कायम गर्न नमिल्ने निष्कर्ष निकालिएको छ।
यस आधारमा अदालतले विगो नखुलेको अवस्था मानेर कैद र जरिबानाको सजाय मात्र निर्धारण गरेको हो । उक्त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
टेरामक्स प्रकरणमा एउटा ल्यापटप ५० हजार अमेरिकी डलरमा खरिद गरिएको थियो । आजको १ अमेरिकी डलरको मूल्य नेपाली रुपैयाँ १ सय ५२ रुपैयाँले हिसाब गर्दा उक्त ल्यापटपको मूल्य ७६ लाख पर्न आउँछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend