Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश, अख्तियारले मागेको थियो ३ अर्ब २२ करोड बिगो


    आइतबार, असार १५ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिशेष अदालतले पूर्व संचार तथा सूचना प्रबिधि मन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

    विशेष अदालतले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि २५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

    मोहन बस्नेत संचार मन्त्री हुँदा नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिदमा  अनियमितता भएकाले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जेठ २०८२ मा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    अख्तियारले पूर्वमन्त्री बस्नेतसहित पूर्व कानुनसहित धनराज ज्ञवाली र प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित १८ जनाबिरुद्ध मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार