काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहर गर्र्दै सम्पत्ति (शुद्धीकरण समेत दोषी ठहर गरेको छ । अपराधबाट आर्जित सम्पत्ति लुकाएको कसुरमा उनलाई दोषी ठहर गरेको हो ।
बस्नेतले १३ करोड १२ लाख रुपैयाँ ‘सम्पत्ति शुद्धीकरण’ गरेको ठहर विशेष अदालतले गरेको छ । बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले असार १६ मा अर्को पेसी तोकेको छ । विशेषले मेयरपत्नी उर्मिलालाई सफाइ दिएको छ ।
अख्तियारको अनुसन्धान सफल
नागार्जुनका मेयर बस्नेतले २०७४ मै मेयरको टिकट कांग्रेसका नेताहरुलाई करोडौं खर्च गरी लिएका थिए । २०७९ मा पनि उनले भ्रष्टाचारबाट आर्जित रकम खर्चेर टिकट पाएका थिए । कांग्रेसको राजनीतिमा कुनै योगदान नभएका उनले मेयर भएदेखि नै भ्रष्टाचार गर्ने र सम्पत्ति थुपार्नतिर मात्र तल्लीन भएका थिए । उनको भ्रष्टाचारको सीमा नाघेपछि अख्तियारले अनुसन्धान गरी २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो । घरजग्गा कारोबारका क्रममा मेयर बस्नेतले पदमा कोलोनीका राजु कँडेलबाट घुस लिएको अनुसन्धानबाट खुलेपछि अदालतमा मुद्दा चलाएको थियो ।
सार्वजनिक पदको दुरुपयोग गरी बस्नेतले कँडेलबाट लिएको घुसलाई सम्पत्ति शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो । जुन विशेष अदालतले समेत ठहर गरेको छ । कँडेल पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन् ।
बस्नेतविरुद्ध घुस प्रकरणमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो कायम गरी ८ वर्षदेखि १० वर्षसम्म कैद र जरिवानाको सजाय मागदाबी गरिएको थियो । घरजग्गा कारोबारी कँडेललाई पनि अख्तियारले घुसबापतको रकम ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँलाई बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ ।
व्यापारी कँडेलबाट लिएको घुस शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेर मुद्दा दायर गरेको थियो । शुद्धीकरण गरेको सम्पत्तिबाट बढे–बढाइएको सम्पत्ति जफत गर्न र पदमा रहेर कसुर गरेकामा थप सजायको पनि मागदाबी गरिएको थियो ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend