काठमाडौं । सर्वोच्च अदालतले एक बलात्कारको मुद्दामा नयाँ नजिर स्थापित गरेको छ । तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सुस्त मनस्थिति वा बौद्धिक अपांगता भएको व्यक्ति भएकै कारण हुने यौन सम्बन्धलाई बलात्कार नहुने व्याख्या गरेको छ ।
नेपाल सरकार वादी भई कृष्णकुमार राईविरुद्ध दायर जर्बजस्ती करणी मुद्दामा सर्वोच्चले १९ फागुन २०७९ मा फैसला गरेको थियो । सो फैसलाको पूर्णपाठ एक साता अघि मात्रै सार्वजनिक भएको थियो । सार्वजनिक भएको फैसलाको पूर्णपाठमा दुई वर्षदेखि करणी भइरहेको भनी पीडितले मौकामा कागज गरेको, दुवै उमेर पुगेका बालिग रहेको र जाहेरवालाले देखेको अवस्थामा मात्र जाहेरी परेको देखिँदा जबरजस्ती नभई सहमतिबाट करणी लिनुदिनु गरेको देखिएको ठहर गरेको छ ।
संखुवासभा खाँदवारी नगरपालिका–२ मा एक घरमा ३० वर्षीय महिलामाथि ५० वर्षका पुरुषले करणी गरेका थिए । १६ असार २०७२ मा कृष्णबहादुर राई छिमेकी घरमा फूलको बिरुवा माग्न जाँदा सो घरकी अविवाहित सुस्त मनस्थिति महिलासँग यौन सम्पर्क भइरहेका बेलामा महिलाका बाबुले फेला पारेका थिए । महिलाका बाबुले सो घटना देखेपछि प्रहरीमा जर्बजस्ती करणीमा ५० वर्षको पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिए ।
राईले करिब २ वर्षअघिदेखि सुस्त मनस्थिति भएकी आफ्नी छोरीलाई ललाइफकाइ प्रलोभनमा पारी तथा विभिन्न डर, त्राससमेत देखाई जबरजस्ती करणी गर्दै आएको दाबीसहित पीडितकी आमाले २०७२ असार १८ को जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएकी थिइन् । सो मुद्दा जिल्ला अदालतबाट उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म आइपुगेको थियो ।
राम्रोसँग बोल्न र आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले सो अवस्थामा सहमतिमै यौन सम्बन्ध कायम भएको भए पनि बलात्कार हुने दाबीसहित सरकारी पक्षले एउटा मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म पु¥याएको थियो । तर, सर्वोच्चले लगातार दुई वर्षदेखि उमेर पुगेका दुई व्यक्तिबीच यौन सम्बन्ध कायम हुँदै आएको, कसैले देखेपछि मात्र जाहेरी दिएको र बकपत्रका क्रममा नेपाली मात्र बोल्न नसक्ने आधारमा मात्र जबरजस्ती करणी भएको ठहर गर्न नसकिने भन्दै सफाइ दिएको हो ।
‘हरेक प्रकारको सुस्तमनस्थिति वा बौद्धिक अपांगताको अवस्थालाई गोश्वारा रूपमा होस ठेगान नरहेको अवस्था कायम गर्ने नभई सो व्यक्तिले करणीको सहमति दिन सक्छ वा सक्दैन भनी निजले करणीको कार्यको प्रकृति तथा करणीमा संलग्न हुँदा हुन सक्ने परिणाम तर्कसंगत रूपमा बुझ्न सक्छ वा सक्दैन भनी परीक्षण गरी निक्र्योल गर्नुपर्ने देखिन्छ,’ सर्वोचले भनेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend