काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतबाट तत्काल मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सोमबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब म्यादथप नगर्न आदेश दिएको छ । प्रहरीले आइतबार मात्र प्रहरीले ५ दिन म्यादथप गरेकाले सर्वोच्चको आदेश अनुसार चैत २६ गते छुट्नेछन् ।
ओलीको हकमा उनकी पत्नी राधिका शाक्य तथा लेखकको हकमा उनकी पत्नी यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले स्वीकार गर्दै प्रहरीको पक्राउलाई गैरकानूनी ठहर गरेको छ ।
प्रहरीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा मन्त्रिपरिषद्को निर्णयलाई आधार बनाएर दुवै नेतालाई गत चैत १४ गते पक्राउ गरेको थियो । पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं जिल्ला अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो ।
यद्यपि, बयान लिने काम सकिएपछि पनि अनुसन्धान बाँकी रहेको भन्दै आइतबार मात्रै थप ५–५ दिन म्याद थपिएको अवस्थामा सर्वोच्चले हस्तक्षेप गर्दै हिरासतलाई अवैध ठहर गरेको हो ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थामा चरम लापरवाही गरेको आरोपमा प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा प्रहरीले चैत १४ गते जरुरी पक्राउ पुर्जी जारी गर्दै दुवै नेतालाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend