काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतबाट तत्काल मुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सोमबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अब म्यादथप नगर्न आदेश दिएको छ । प्रहरीले आइतबार मात्र प्रहरीले ५ दिन म्यादथप गरेकाले सर्वोच्चको आदेश अनुसार चैत २६ गते छुट्नेछन् ।
ओलीको हकमा उनकी पत्नी राधिका शाक्य तथा लेखकको हकमा उनकी पत्नी यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले स्वीकार गर्दै प्रहरीको पक्राउलाई गैरकानूनी ठहर गरेको छ ।
प्रहरीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा मन्त्रिपरिषद्को निर्णयलाई आधार बनाएर दुवै नेतालाई गत चैत १४ गते पक्राउ गरेको थियो । पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं जिल्ला अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो ।
यद्यपि, बयान लिने काम सकिएपछि पनि अनुसन्धान बाँकी रहेको भन्दै आइतबार मात्रै थप ५–५ दिन म्याद थपिएको अवस्थामा सर्वोच्चले हस्तक्षेप गर्दै हिरासतलाई अवैध ठहर गरेको हो ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थामा चरम लापरवाही गरेको आरोपमा प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा प्रहरीले चैत १४ गते जरुरी पक्राउ पुर्जी जारी गर्दै दुवै नेतालाई नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend