काठमाडौं। आज साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा अडिएको छ।
सेन्सेटिभ इण्डेक्स ७.५२ अंकले घटेर ३९२.०२ विन्दुमा पुगेको छ । आज २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँमा खरिदबिक्री भयो।
यसदिन ६१ हजार ९१७ पटक सेयर कारोबार भयो। कारोबारमा आएका दुई कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो।
आईएमई लाइफ इन्स्योरेन्सको ९.९९ र नेपाल रिपब्लिक मिडियाको ९.९८ प्रतिशतले सेयर मूल्य बढ्यो। प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य भने ९.५९ प्रतिशतले ओरालो लाग्यो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक भने नकारात्मक देखिएका छन्। फाइनान्स र होटल्स एन्ड टुरिम उपसमूहको सूचक ३ प्रतिशत बढिले घट्यो।
आज १९७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend