Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कारको भिडिओ बनाइ ब्ल्याकमेल गर्ने युवक पक्राउ


    शुक्रबार, साउन १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जबरजस्ती करणीपछि बनाएको भिडियो सार्वजनिक गरी भाइरल गरिदिने डरत्रास देखाइ पटकपटक बलात्कार गर्ने युवक बुटवलबाट पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय आशिष सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

    सुनारले बैशाख ५ गते बिहान पाल्पाको तानसेन नगरपालिका-३ भगवतीटोलस्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा पारी डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए ।

    करणीपछि त्यसको भिडियो बनाइ सुनारले ती महिलालाई पटक/पटक फोन तथा म्यासेज गरी डर त्रास देखाई भेट्न नआए भिडियो भाइरल गर्ने धम्की दिएको खुलेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार