Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवैध सुनसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ


    बिहिबार, साउन ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रुपमा भन्सार छली लैजान लागेको ५८ ग्राम सुनसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

    हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार