काठमाडौं । एक क्वीन्टल सुन तस्करीको मुख्य पात्रका रुपमा चित्रित गरिएका राकेश अडुकिया नेपालमै लुकेको आशंका गरिएको छ ।
अबैध हुन्डी कारोबारमा समेत संलग्न रहेको आरोप खेप्दै आएका अडुकिया पछिल्लो समय विदेशबाट सुन तस्करी गरेर ल्याउने र बेच्ने काम गर्नेमा सक्रिय रहेको राजस्व अनुसन्धान विभागको निष्कर्ष छ । नेपालको न्यायालयका न्यायाधीशको बेडसम्म पुग्ने र जे चाह्यो त्यही फैसला गराउनसक्ने मारवाडी ब्यापारीका रुपमा उनलाई चिनिन्छ ।
विद्युतीय सवारीमा कहलिएको टेस्ला कार ब्राण्डलाई नेपालमा ल्याएर बेच्ने गरेका राकेश अडुकिया चर्चित सेयर कारोबारी समेत हुन् । अडुकियाले आधिकारिक एजेन्सीविना नैै टेस्ला कारको बिक्री नेपालमा गराउन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतमार्फत् सेटिङ गरेका थिए ।
चाँदीको कारोबार गर्दैआएका अडुकियाले विगत केही समयदेखि नेपालको विमानस्थल भन्सार प्रहरीदेखि गृहप्रशासनसम्म सेटिङ गरी मोटरपार्टस भनेर सुन ल्याउने गरेको १ क्वीन्टल सुन बरामदपछि खुलेको छ । उनले मोटरसाइकलको ब्रेक सु भनेर यसअघि २२ औं पटक २२ क्वीन्टल सुन भित्र्याएको आशंका गरिएको छ । रेडी ट्रेडर्सको नाममा हङकङबाट ल्याएको सुन गएको साउन २ मा बरामद भएको थियो । सुन तस्करीमा राजस्व अनुसन्धानले अडुकियाको संलग्नता रहेको देखेपछि पक्राउ गर्न खोज्दा पनि लुकिसकेका थिए । अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारियो । तर, त्यो घर नै आफ्नो नभएको उनको तर्क छ ।
अडुकियालाई पक्राउ गर्न नसकिएपछि उनीमाथि निगरानी बढाउनुका साथै अध्यागमन विभागले विमानस्थलदेखि विभिन्न सीमा नाकाबाट बाहिरिन सक्ने आशंकासहित अध्यागमनको कालोसूचीमा राखिसकेको छ ।
राजस्व अनुसन्धान विभागको आग्रहमा अडुकियाका बाबुछोरामाथि नै यात्रा प्रतिबन्ध लगाइसकिएको छ । सेयर बजारमा कहलिएका अडुकिया आफू भारतीय नागरिक रहेको उल्लेख गर्दै आएका छन् ।
नेपाली नागरिकता लिन आफूले पहल नै नगरेको दाबी गर्ने उनले आफ्नो बाजे पुस्ता नै नेपाल छिरेको दावी गरिरहेका छन् । उनले भारतीय राहदानीको प्रयोग गर्दै यात्रा गर्ने गरेको बताउने गरेका छन् ।
कृषि पे्रमुरा होल्डिङ कम्पनी, नेपाल मेन्था प्रालि, वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी, श्रीमा डिस्ट्रिब्युटर्स र अरेटी इन्टरनेसनल जस्ता कम्पनीमा रहेका उनी हङकङमा रहेको रोयल सिल्भर हङकङ लिमिटेड कम्पनीमा पनि रहेको बताइन्छ ।
खेतान समूहको पारिवारिक सदस्यको रुपमा चिनिने अडुकिया लक्ष्मी बैंकको सञ्चालकसमेत बनेका थिए । गोर्खा विकास बैंक डुबाउनेमा अडुकियाको नाम अग्रपंक्तिमा छ ।
उनी गोर्खा विकास डुबाएर पक्राउ पनि पछि धरौटीमा रिहा भएका थिए । उनले व्यापारिक साम्राज्य खडा गर्न विभिन्न गैरकानुनी धन्दा चलाएको विभागको दाबी छ । अडुकिया पक्राउ पर्न नसक्दा सुन तस्करीको जालो कुन तहसम्म थियो भन्ने खुल्न सकेको छैन ।
अडुकिया मिडियासँग सम्पर्कमा आउने र प्रष्टीकरण दिने गरेकै कारण पनि कतिपयले राजनीतिक संरक्षणकै कारण उनी लुक्न सफल भएको दाबी छ । मिडियालाई अन्तर्वार्ता दिनेदेखि सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्ने अडुकिया कहाँ छन् ? मिडियासँग भेटिने अडुकियालाई राजस्व अनुसन्धान विभागले किन भेट्दैन ? सत्तारुढ दल माओवादी निकट मिडियामा उनले अन्तर्वार्ता दिनुले उनलाई राजनीतिक संरक्षणमै लुकाइएको आशंका गरिएको छ । उनले नेपालमै राजनीतिक संरक्षणमा भूमिगत रुपमा प्रायोजित अन्तर्वार्ता दिने गरेको स्रोतको दाबी छ ।
मिडियासँग सहजै उपलब्ध हुने अडुकियाको ट्राभल हिस्ट्री हेर्दा उनी अन्तिम पटक असार २० गते हङकङबाट दुबई हुँदै काठमाडौं आएको देखिन्छ । तस्करीको सुन समेत हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको विमानबाट आएकाले उनी त्यसको चाँजो मिलाउन त्यहाँ पुगेको आशंका गरिएको छ ।
गएको पुसपछि उनले काठमाडौं भारत र काठमाडौं, हङकङ हुँदै दुबईको शंकास्पद यात्रा थुप्रै पटक गरेका छन् । यसरी उनी अन्तिम समयमा नेपाल नै पुगेको देखिएकाले पनि उनी यहिँ लुकेर बसेको हुन सक्ने आशंका छ ।
अध्यागमनका अनुसार उनी नेपालमै छन् । खुला सीमाको फाइदा उठाउँदै उनी भारततर्फ गएको आशंका पनि उत्तिकै छ । तर, यसरी भाग्न कठिन रहेकै कारण उनी नेपालमै लुकेर बसेको आशंका छ ।
राकेश अडुकियाका बाबु शिवकुमार अडुकिया पनि नेपालको डलर तस्करीमा संलग्न चर्चित व्यक्ति थिए । नेपालको सबैभन्दा ठूलो डलर कारोवारीका रूपमा उनको नाम थियो ।
बजारभरिको डलर उनले नै संकलन गर्ने गर्दथे । भारतको राजस्थानबाट नेपाल प्रवेश गरेका शिवकुमार अडुकियाको डेढ बर्षअघि दुबईमा कान्छो छोरा मुकेश अडुकियाको घरमा निधन भएको थियो ।
हाल कान्छो छोरा मुकेश दुबईमा नै बस्छन् । उनले सिपी खेतानको बहिनीसँग बिहे गरेका हुन् ।
शिवकुमारका जेठा छोरा हुन् राकेश अडुकिया । उनले बिनोद जाजोदियाको छोरीसँग बिहे गरेका हुन् । बिनोद जाजोदिया पेट्रोल व्यापारी हुन् । राकेश अडुकिया भने मालिगाउँमा बस्ने गर्दछन् ।
उनले दरवारमार्ग नजिकै टेस्ला गाडीको नेपालको एजेन्सीसंगै कार्यालय समेत खोलेका छन् । उनीहरूले भारतको दिल्लीस्थित गुडगाउँमा पनि घर लिएका छन् ।
शिवकुमार अडुकियाले डलरको तस्करी धन्दा गरिरहेका बेला तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर जवराको सचिवालयबाट खटिएको टोलीले गाडी सहित ठूलो मात्रामा डलर बरामद गरेको थियो । पछि डलर कारोवारी भएको भन्दै प्रहरीको तत्कालीन बिशेष टोलीले अडुकियासँग ठूलो रकम लिने गरेको तथ्य पनि त्यतिबेलाका छापाहरूमा समाचार आएका थिए ।
अडुकिया कहिले होटलमा त कहिले कहाँ लुक्ने गरेको स्रोतले बताएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend