Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ


    आइतबार, साउन ७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौंको महालक्ष्मी नगरपालिका बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।

    जोशीले भगवती अधिकारीलाई पोल्याण्डमा आकर्षक तलब हुन्छ भन्दै वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार