काठमाडौं । सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ।
प्रहरीले अवैध सुन र अवैध विदेशी मुद्रा कारोबारसम्बन्धी विभिन्न अनुसन्धान गरेर तयार पारेका प्रतिवेदनहरूबाट पनि त्यसको पुष्टि भएको छ। ती प्रतिवेदनहरूले औंल्याएका तथ्यहरूलाई आधार मान्दा सुन तस्कर र विदेशी मुद्रा तस्करबीच निकट सम्बन्ध रहेको देखिन्छ।
यो शृंखला नयाँ भने होइन। २०५५ सालमा गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा डलरको अवैध कारोबारबाट सुन नेपाल भित्रिने गरेको उल्लेख छ।
२०५५ सालमा तत्कालीन सांसद परी थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका नामहरू र २०६९ सालमा गठित प्रहरीको छानबिन समितिले गरेको अनुसन्धानमा सुन तस्करी र विदेशी मुद्राको अवैध कारोबारी गिरोह एउटै रहेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend