काठमाडौं । सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ।
प्रहरीले अवैध सुन र अवैध विदेशी मुद्रा कारोबारसम्बन्धी विभिन्न अनुसन्धान गरेर तयार पारेका प्रतिवेदनहरूबाट पनि त्यसको पुष्टि भएको छ। ती प्रतिवेदनहरूले औंल्याएका तथ्यहरूलाई आधार मान्दा सुन तस्कर र विदेशी मुद्रा तस्करबीच निकट सम्बन्ध रहेको देखिन्छ।
यो शृंखला नयाँ भने होइन। २०५५ सालमा गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा डलरको अवैध कारोबारबाट सुन नेपाल भित्रिने गरेको उल्लेख छ।
२०५५ सालमा तत्कालीन सांसद परी थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका नामहरू र २०६९ सालमा गठित प्रहरीको छानबिन समितिले गरेको अनुसन्धानमा सुन तस्करी र विदेशी मुद्राको अवैध कारोबारी गिरोह एउटै रहेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend