Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनसरीको सेउतीमा गोली प्रहार हुँदा एक जना घाइते


    शुक्रबार, साउन ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको छ । मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएको हो ।

    धरान(इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ । चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ ।

    गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार