काठमाडौं । सरकारले सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, प्रदेश र कार्यालयमा सचिवहरुको सरुवा र पदस्थापन गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
सरुवा हुने सचिवहरुमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सुरेश अधिकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका भरतमणि सुवेदी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षाका रामकृष्ण सुवेदी वित्त आयोग छन् ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ युवा तथा खेलकुद मन्त्रालय, युवा खेलकुदका सूर्यप्रसाद गौतमलाई निर्वाचन आयोग, उपराष्ट्रपति कार्यालयका तोयम रायलाई तथ्यांक कार्यालयमा लगिएको छ ।
भूमिब्यवस्थाका दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, कर्णाली प्रदेशका प्रमुख सचिव डा.गोपीकृष्ण खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, निर्वाचन आयोगका गोकर्णमणि दुवाडीलाई भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
हालसालै बढुवा भएका सचिव घनश्याम उपाध्यायको बाग्मती प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएको छ । उपाध्यायपछि बढुवा भएकी लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई तथ्यांक कार्यालयमा सरुवा गर्ने निर्णय भने कार्यान्वयनमा नआएको स्रोतले बताएको छ । पुस्करले पावर लगाएर सरुवा रोकाउन सफल भएका छन् । पुस्करको तथ्यांक कार्यालयमा सरुवा रोकिएपछि रायालाई पठाइएको छ । अर्थमन्त्रालयको नेतृत्व गरिसकेका सिनियर सचिव रायालाई भर्खरै खोलिएको तथ्यांक कार्यालयमा सरुवा गरी हुर्मत लिइएको छ ।
अर्का बरिष्ठ सचिव सूर्यप्रसाद गौतमलाई पनि निर्वाचन आयोगमा पठाइएको छ । आफूभन्दा पछि सचिव बढुवा भएकाहरुले एकपछि अर्को मन्त्रालय पाइरहँदा निरौलाले बल्लतल्ल न्याय पाएका छन् । सचिव बढुवा भएको एक बर्ष पुग्नै लाग्दा उनलाई उद्योग मन्त्रालयमा ल्याइएको छ ।
माओवादीनिकट सचिव रामकृष्ण सुवेदीलाई जसपाका शिक्षा मन्त्री अशोककुमार राईले बित्त आयोगमा पठाएका छन् । मधुसुदन बुर्लाकोटीले सचिव बढुवा भएको २ बर्ष बितिसक्दा पनि मन्त्रालय पाउन सकेका छैनन् । उनी २०७८ असार २१ मा सचिव बढुवा भई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका थिए । सुुदूरपश्चिम प्रदेशबाट उनको सरुवा २०७८ पुसमा प्रधानमन्त्री कार्यालयमा भएको थियो । उनी सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रमुख थिए । खरिद अनुगमनबाट उनको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।
केवलप्रसाद भण्डारीले अवकाश हुने बेलामा नचाहेको श्रम, रोजगार मन्त्रालयको सचिव पाए । बुर्लाकोटीलाईअवकाश हुने बेलासम्म पनि मन्त्रालय दिने संभावना कम छ । बुर्लाकोटी सहसचिव हुँदा पनि ३–३ महिनामा सरुवा हुने गरेको बिषय निजामती प्रशासनमा अद्यापि चर्चा हुने गर्दछ ।
एमाले नेता शंकर पोखरेल निकट भनेर चिनिने भरतमणि सुवेदीले आफूले लामो समय काम गरेको पर्यटन मन्त्रालय नै पाएका छन् । जागिरमा प्रवेशदेखि नै संस्कृति महाशाखामा कार्यरत सुवेदी त्यहाँको प्रमुख हुँदै सचिवमा बढुवा भएका थिए । खरा पर्यटन मन्त्री सुदन किराँतीसँग उनले कसरी काम गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।
मुस्ताङ । भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको अवस्थामा संचालनमा रहेको नेपाल–चीनबीच सामान आयात निर्यात हुने मुस्ताङ भन्सार...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend