Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ


    मंगलबार, साउन २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-१० बस्‍ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् । उनीहरुको साथबाट चार किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद गरेको छ ।

    पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार