Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ


    मंगलबार, साउन २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज बिक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए ।

    सोमबार किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार