काठमाडौैैं । नेपाल प्रहरीमा लेखापालको पदावधि ६ बर्ष नै कायम गरिएको छ । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी)को बैठकले लेखापाल सरुवाको मापदण्ड संशोधन गरी ६ वर्षमा झार्ने निर्णय गरेको हो । भूटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको दबाबमा लेखापाल सरुवाको मापदण्ड संशोधन गरी ६ बर्षबाट बढाएर ८ बर्ष बनाइएको बनाइएको थियो । गृह मन्त्रालयको निर्देशनमा मापदण्ड संशोधन गरी ६ वर्ष बनाइएको छ ।
यो बर्ष ५७ जिल्लाका लेखापालको २ बर्ष अवधि पुगिसकेकोक छ मापदण्ड ८ बर्षबाट ६ बर्षमा घटाएपछि धेरै लेखापालहरु ६ बर्षे मापदण्डमा पर्ने भएका छन् । जिल्लाका लेखापालहरु राम्रो कमाइ हुने ठाउँमा सरुवा हुनका लागि असार २५ गते खाता क्लोज गरी काठमाडौंमा शक्तिकेन्द्र रिझाउन आएका छन् । आईजीपी कुँवरले लेखापाल सरुवा सिफारिस गर्नका लागि आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका डीआईजी केदार ढकालको अध्यक्षतामा ती सदस्यीय कमिटी बनाएका छन् । जसमा कर्मचारी प्रशासन शाखाका एसपी अर्जुन तिमल्सिना र आन्तरिक लेखापरीक्षणका डीएसपी किशोर श्रेष्ठ सदस्य रहेका छन् ।
लेखापाल प्रहरी नायब निरीक्षक(सई) र लेखा अधिकृत प्रहरी निरीक्षक(इन्स्पेक्टर) हुने ब्यवस्था छ । उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी) बैठकबाट निर्णय गराएरै लेखामा ६ बर्षमात्रै काम गर्न पाउने मापदण्ड बनाइएको थियो ।
पहुँचका भरमा मन्त्री, सचिव र मुख्यसचिवदेखि सर्वोच्च अदालतका न्यायाधीशको पीएसओ बस्ने र उनीहरुकै भनसुनका आधारमा लेखा तालिम लिने र लेखापाल र अधिकृतमा सरुवा हुने गरेका थिए । एकथरी पहुँचवालाहरु एकपटक लेखापाल भएपछि अवकाश हुन्जेलसम्म लेखामै काम गर्ने, अकूत सम्पत्ति कमाउने प्रवृत्तिलाई पूर्वआईजीपी अर्यालले मापदण्ड बनाएरै ब्यवस्थापन गरेका थिए ।
त्यो मापदण्ड अनुसार नै १० बर्षसम्म प्रहरीमा लेखापाल सरुवा हुँदै आएको थियो । तर बालकृष्ण खाँण गृहमन्त्री भएपछि तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीलाई लेखापालको सरुवा नै गर्न दिएनन् । धिरजप्रताप सिंह आईजीपी भएपछि अकूत सम्पत्ति कमाएका पहुँचवाला लेखापालहरुको प्रभावमा परी खाँणको निर्देशनमा ६ बर्षे मापदण्डलाई संशोधन गरी ८ बर्ष बनाइएको थियो ।
खाँणले लेखापाल सरुवामा यति हस्तक्षेप गरे कि जिल्लामा सरुवा हुनका लागि उनका पीए नरेन्द्र केसीले ७ देखि १० लाखसम्म लेनदेन गरेको आरोप लागेको थियो । लेखापाल सरुवामा चलखेल गर्ने कार्यमा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवसहितका कांग्रेसका नेताहरु संलग्न रहेका थिए ।
नेपालफेसले लेखापाल सरुवामा विगतमा मापदण्ड संशोधन गरी चलखेल भएको र यो पटक पनि त्यसैका आधारमा सरुवा गर्न खोजिएको समाचार बुधबार (असार २) मा सार्वजनिक गरेको थियो । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले लेखापाल सरुवाको मापदण्ड घटाएर २ बर्ष बनाएपछि अरु धेरै नयाँले अवसर पाउनेछन् । जिल्लाका
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend