Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिकाले च्याटजीपीटीमाथि अनुसन्धान गर्दै


    शनिबार, असार ३० २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सरकारले गलत सूचना तथा उत्तर दिएको भन्दै च्याटजीपीटीको मातृकम्पनी ओपनएआईमाथि अनुसन्धान गर्ने भएको छ । अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी)ले च्याटजीपीटीले जेनेरेट गर्ने गलत सूचनाको जोखिमको अध्ययन गर्ने भएको हो ।

    एफटीसीले ओपनएआईलाई पत्र पठाउँदै अनुसन्धानको लागि सहयोग गरिदिन आग्रह गरेको बीबीसीले जनाएकाे छ । ओपनएआईका प्रमुख कार्यकारी स्याम अल्टम्यानले अमेरिकी सरकारको यो अनुसन्धानमा आफूले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

    च्याटजीपीटीले क्षणभरमै मानिसले इन्टरनेटमा खोज्न चाहेको कुरा सहज तरिकाले उपलब्ध गराइदिन्छ । यो प्रविधिले भोलिको दिनमा अनलाइन सर्चको ट्रेन्डलाई नै परिवर्तन गरिदिने अपेक्षा गरिएको छ ।

    च्याटजीपीटीको सुरुवातसँगै अन्य प्रतिस्पर्धी कम्पनीहरूले पनि आफ्नै एआई च्याटबट सार्वजनिक गरेका छन् र यो क्रम जारी छ । यसको प्रयोगसँगै यसले निम्त्याउन सक्ने जोखिम, यस्ता च्याटबटले दिने सूचनाको शुद्धता लगायतका विषयमा बहस उठेको छ ।

    एफटीसीको पत्रमा ओपनएआईलाई अनुसन्धानका लागि विभिन्न प्रश्नहरू सोधिएको छ । जसमध्ये एउटा प्रश्न ओपनएआईले गलत, भ्रामक, अपमानजनक वा हानिकारक प्रतिक्रिया रोक्नको लागि कस्तो कदम चालिरहेको छ भन्ने रहेको छ ।

    साथै एफटीसीले डेटाको सुरक्षालाई ओपनएआईले चालेका कदमहरूको विषयमा पनि सोधेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार