Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय रुपैयाँसहित एक जना प्रहरीको नियन्त्रणमा


    मंगलबार, असार २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरको रातोमाटेबाट भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । आज हेटौंडा उपमहानगरपालिका –१५ स्थित रातोमाटेबाट ३ लाख ७५ हजार भारतीय रुपैयाँसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा भारत बेतियाथाना बैरिया ग्राम मियापुर दवौली–७ बस्ने वर्ष ४० को रमेश साह गुप्ता रहेका छन् । रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको यात्रुवाहक बसमा सवार गुप्ताले लुकाई छिपाइ ल्याएको अवस्थामा सो रकम फेला परेको प्रहरीले जनाएको छ ।

    उनलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार