Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तुलसीपुरमा पहिरोले पुरिँदा एक जनाको मृत्यु


    सोमबार, असार २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१ धनुबासमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।

    उक्त पहिरोमा परेर ६५ वर्षीय बलिराम खत्रीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

    हिजाे बेलुकी साढे ७ बजेतिर काठेकुलो बाटोमा हिँड्दै गर्दा गएकाे पहिरोले खत्रीलाई पुरेको प्रहरी जनाएको छ ।

    पहिरोमा परि उहाँको घटनास्थलै ज्यान गएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार