काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल अहिले आफैं उक्त मन्त्रालयमा बस्ने कि नबस्ने भन्ने तनावमा छन् । पछिल्लो समय सत्ता गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समावेश गरेसँगै रिजालको पद धरापमा परेको हो । जनमतका अध्यक्षसीके राउत आफैं सरकारमा मन्त्री हुने तयारीमा छन् । उक्त पार्टीले पहिलेदेखि नै उद्योग वा कृषि मन्त्रालयमा दाबी गर्दैआएको छ ।
यसअघि पनि उक्त मन्त्रालय नपाए पदबहाली नै नगर्ने भन्दै सपथ खाएको तीन महिनासम्म घुर्की लगाएर अन्तिममा खानेपानी मन्त्रीमै जान अब्दुल खान बाध्य भएका थिए । अहिले राउत दोस्रो दर्जाका नेतालाई नपठाई आफैं सरकारमा जाने तयारीमा छन् । दोस्रो दर्जाका नेतालाई पठाउँदा आफूले भनेको नमानेको तीतो अनुभव छोटो समयमै झेलेका राउत आफैं उद्योग मन्त्रीका रुपमा जाने तयारीमा लागेका छन् । त्यसका लागि सत्ता गठबन्धनको ग्रिन सिग्नल समेत उनले पाइसकेका छन् । राउत उद्योग मन्त्रीमा गएमा रिजाल संस्कृति, पर्यटन मन्त्रालयमा सरुवा हुने खेलमा छन् ।
माओवादी र कांग्रेसले थप एक एक मन्त्रालय पाएका कारण उनीहरुले एक एक वटा छाड्नुपर्ने अवस्था कार्यान्वयनमा आए रिजाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबाटै बिदा हुनुपर्ने अवस्था पनि आउनसक्छ । पर्यटन मन्त्री सुदन किराँतीलाई भने त्यही बहानामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिदा दिने तयारीमा छन् । कार्यकाल सम्हालेको ३ महिना बितिसक्दा पनि मन्त्रालयमा कुनै पनि नीतिगत सुधार गर्न मन्त्री रिजालले सचिवालय र कर्मचारीले फनफनी घुमाइरहेका छन् ।
उद्योग मन्त्रीमा नियुक्त भएको ३ महिना बितिसक्दा पनि मन्त्री रिजालले औद्योगिक प्रबद्र्धन बोर्डको बैठक समेत राख्न सकेका छैनन् । क्रसर उद्योगहरु असार १६ गतेबाट आन्दोलित छन् । उनीहरुको दर्ता तथा नवीकरणका लागि औद्योगिक प्रबद्र्धन बोर्डको बैठकबाट नीतिगत निर्णय लिनुपर्ने अवस्था छ । तर मन्त्री रिजाल भने बोर्डको बैठक सारिरहेका छन् । आफ्ना अनुकूलका एजेन्डा तयार गर्न समय लागिरहेका कारण बोर्ड बस्न सकिरहेको छैन । केही दिनअघि निजी सचिव मातृका आचार्य मार्फत् आधा दर्जन क्रसर उद्योगको नवीकरण तथा दर्ताको फाइल अगाडि बढाउन उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको सूची पुगिसकेको छ ।
महानिर्देशक गौतमले उक्त सूची अनुमति शाखाका निर्देशक हरि पँगेनीलाई थमाइसकेका छन् । रिजाल उक्त सूची अनुसारका फाइलका अंग पुग्नेवित्तिकै बोर्ड बैठक राख्ने पक्षमा छन् । यही मेसोमा माइक्रो बु्रअरीको अनुमतिपत्र बोर्डबाट दिलाउनका लागि चलखेल भइरहेको छ । मन्त्री रिजालकोमा केही ब्यापारीहरु माइक्रो बु्रअरीको अनुमतिका लागि आर्थिक प्रस्तावसहित पुगिसकेका छन् । साउनको पहिलो सातासम्म बोर्डको बैठक राख्ने तयारी मन्त्री रिजालको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend