काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल अहिले आफैं उक्त मन्त्रालयमा बस्ने कि नबस्ने भन्ने तनावमा छन् । पछिल्लो समय सत्ता गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समावेश गरेसँगै रिजालको पद धरापमा परेको हो । जनमतका अध्यक्षसीके राउत आफैं सरकारमा मन्त्री हुने तयारीमा छन् । उक्त पार्टीले पहिलेदेखि नै उद्योग वा कृषि मन्त्रालयमा दाबी गर्दैआएको छ ।
यसअघि पनि उक्त मन्त्रालय नपाए पदबहाली नै नगर्ने भन्दै सपथ खाएको तीन महिनासम्म घुर्की लगाएर अन्तिममा खानेपानी मन्त्रीमै जान अब्दुल खान बाध्य भएका थिए । अहिले राउत दोस्रो दर्जाका नेतालाई नपठाई आफैं सरकारमा जाने तयारीमा छन् । दोस्रो दर्जाका नेतालाई पठाउँदा आफूले भनेको नमानेको तीतो अनुभव छोटो समयमै झेलेका राउत आफैं उद्योग मन्त्रीका रुपमा जाने तयारीमा लागेका छन् । त्यसका लागि सत्ता गठबन्धनको ग्रिन सिग्नल समेत उनले पाइसकेका छन् । राउत उद्योग मन्त्रीमा गएमा रिजाल संस्कृति, पर्यटन मन्त्रालयमा सरुवा हुने खेलमा छन् ।
माओवादी र कांग्रेसले थप एक एक मन्त्रालय पाएका कारण उनीहरुले एक एक वटा छाड्नुपर्ने अवस्था कार्यान्वयनमा आए रिजाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबाटै बिदा हुनुपर्ने अवस्था पनि आउनसक्छ । पर्यटन मन्त्री सुदन किराँतीलाई भने त्यही बहानामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिदा दिने तयारीमा छन् । कार्यकाल सम्हालेको ३ महिना बितिसक्दा पनि मन्त्रालयमा कुनै पनि नीतिगत सुधार गर्न मन्त्री रिजालले सचिवालय र कर्मचारीले फनफनी घुमाइरहेका छन् ।
उद्योग मन्त्रीमा नियुक्त भएको ३ महिना बितिसक्दा पनि मन्त्री रिजालले औद्योगिक प्रबद्र्धन बोर्डको बैठक समेत राख्न सकेका छैनन् । क्रसर उद्योगहरु असार १६ गतेबाट आन्दोलित छन् । उनीहरुको दर्ता तथा नवीकरणका लागि औद्योगिक प्रबद्र्धन बोर्डको बैठकबाट नीतिगत निर्णय लिनुपर्ने अवस्था छ । तर मन्त्री रिजाल भने बोर्डको बैठक सारिरहेका छन् । आफ्ना अनुकूलका एजेन्डा तयार गर्न समय लागिरहेका कारण बोर्ड बस्न सकिरहेको छैन । केही दिनअघि निजी सचिव मातृका आचार्य मार्फत् आधा दर्जन क्रसर उद्योगको नवीकरण तथा दर्ताको फाइल अगाडि बढाउन उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको सूची पुगिसकेको छ ।
महानिर्देशक गौतमले उक्त सूची अनुमति शाखाका निर्देशक हरि पँगेनीलाई थमाइसकेका छन् । रिजाल उक्त सूची अनुसारका फाइलका अंग पुग्नेवित्तिकै बोर्ड बैठक राख्ने पक्षमा छन् । यही मेसोमा माइक्रो बु्रअरीको अनुमतिपत्र बोर्डबाट दिलाउनका लागि चलखेल भइरहेको छ । मन्त्री रिजालकोमा केही ब्यापारीहरु माइक्रो बु्रअरीको अनुमतिका लागि आर्थिक प्रस्तावसहित पुगिसकेका छन् । साउनको पहिलो सातासम्म बोर्डको बैठक राख्ने तयारी मन्त्री रिजालको छ ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend