Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्- प्रचण्डले लगाएको गम्भीर आरोप फिर्ता लिनुपर्छ


    आइतबार, असार २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रले लगाएको आरोप फिर्ता लिनुपर्ने उल्लेख गरेका छन् ।

    आज बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दल नेपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।

    प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिने विषयमा एमालेसँग सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन हुन सकेन ।

    संसद भवन परिसरमा पत्रकारहरुसित कुरा गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीका कारण सदन चल्न नसकेको बताए ।

    ‘तपाईंहरु (राजीनामाको मागबाट) ब्याक हुनु भएको हो’ भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘भको थियो । उहाँ (प्रधानमन्त्री) ले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ । त्यो फिर्ता लिनुभएको छैन । त्यो गम्भीर कायम राखेर हामीले सहमति गर्ने कुरा भएन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार