Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने


    आइतबार, असार २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो साढे ११ बजे बस्ने भएको हो ।

    संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रवारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

    जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिको बजेट माथि छलफल हुने छ ।

    साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार