Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सात नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेको सदस्यता


    शुक्रबार, असार २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  ले सात ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्से सञ्चालक समितिको बैठकले यसअघि आशयपत्र पाएका कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।

    नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले दिएको जानकारीअनुसार भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई सदस्यता दिइएको हो ।

    यी कम्पनीले जेठ ८ गते नेप्सेबाट आशयपत्र पाएका थिए। आशयपत्र प्राप्त गरी प्राविधिक रूपमा तयारी अवस्थामा रहेका कम्पनीलाई नेप्सेले सदस्यता दिएको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार