Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार


    बिहिबार, असोज १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो ।

    आज ३२२ कम्पनीको कारोबार हुदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ ।

    नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

    त्यसैगरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार