Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै


    बिहिबार, असार २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो ।

    कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको छ ।

    यस्तै वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित उपस्थित हुन बनेको छ । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।

    दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार