Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


    बिहिबार, पुष १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउने कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

    पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको बताइएको छ ।

    आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ताको समय छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार